BIZMANDU
www.bizmandu.com

इमाडोलको भेप स्टोरमा राजस्वको छापा, ५०० कार्टुन इलेक्ट्रिक चुरोट बरामद

२०८१ पुष २५

इमाडोलको भेप स्टोरमा राजस्वको छापा, ५०० कार्टुन इलेक्ट्रिक चुरोट बरामद
इमाडोलको भेप स्टोरमा राजस्वको छापा, ५०० कार्टुन इलेक्ट्रिक चुरोट बरामद


काठमाडौं । ललितपुरको इमाडोलबाट राजस्व अनुसन्धान विभागले अवैध रुपमा स्टोर गरेको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ।

Tata
GBIME
NLIC

कार्यालयले मंगलबार लामो समयको अनुसन्धानपछि भेप बरामद गरेको हो। सशस्त्र प्रहरीसहित पुगेको टोलीले ५०० कार्टुन भेप बरामद गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीराज घिमिरेले जानकारी दिए।

राजस्व अनुसन्धानको प्रारम्भिक अनुसन्धानमा भेप रसुवा हुँदै चीनबाट आएको देखिएको छ।

‘अहिले अनसन्धानको चरणमा नै छ। हामी अनुसन्धान गरिरहेका छौं,’ महानिर्देशक घिमिरेले भने।

राजस्व तिरेर नेपालमा भेप भित्रिनै संख्या भने कमै रहेको छ। भन्सार विभागको तथ्यांक अनुसार चार वर्ष अघिदेखि मात्र नेपालमा भेप आउने गरेको देखिएको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा चार वर्षअघि पहिलो पटक भेप आयात भएको थियो। २०७७ जेठमा १० थान भेपको आयात भएको थियो। लगत्तै असारमा १९० थान पुनः आयात भयो। आर्थिक वर्ष २०७६/०७७ मा नेपालमा २०० थान भेपको आयात भएको थियो।

चार वर्षअघि १६ हजार मूल्य पर्ने भेपको आयातमा  गुणात्मक वृद्धि भएर चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्ममा १ अर्ब मूल्य पुगिसकेको छ।

विभागको तथ्यांकमा निकोटिनयुक्त भेप ९७ करोड ९२ लाख ६ हजार र नन् निकोटिन भेप १ करोड ५९ लाख ४७ हजार बराबरको आयात भएको छ।

युवा पुस्तामा भेपको प्रयोग बढेसँगै यसको तस्करी पनि मौलाएको प्रहरीको अनुसन्धानमा देखिएको छ।