BIZMANDU
www.bizmandu.com

सन् २०२५ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल कति औं स्थानमा ?

२०८१ पुष २५

सन् २०२५ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल कति औं स्थानमा ?
सिंगापुरको रात्रिकालीन दृश्य Photo : Shutterstock


सिंगापुरको पासपोर्ट सन् २०२५ का लागि सबैभन्दा शक्तिशाली सूचीको पहिलो नम्बरमा परेको छ। हेनली पासपोर्ट इन्डेक्सले जारी गरेको सूचीमा सिंगापुर पहिलो नम्बरमा परेको हो।

Tata
GBIME
NLIC

विश्वभरका २२७ स्थानमा सिंगापुरका पासपोर्ट बाहकलाई १९५ देशमा भिसा पर्दैन।

दोस्रो शक्तिशाली पासपोर्ट जापानको रहेको छ। जापानीहरु १९३ देशमा ‘भिसा फ्रि’ यात्रा गर्न पाउँछन्।

सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ। अफगानी पासपोर्ट बाहकले २६ देशमा मात्रै भिसा बिनै यात्रा गर्न सक्छन्।

नेपालको पासपोर्ट पनि कमजोर सूचीमै छ। उत्तर कोरिया, बंगलादेश, लिबिया र प्यालेस्टाइनपछि नेपालको पासपोर्ट १०१ औं स्थानमा छ। नेपाली पासपोर्ट बाहकले ३९ देशमा भिसामा बिना यात्रा गर्न सक्छन्।

सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरु

१. सिंगापुर (१९५ स्थान*)

२. जापान (१९३ स्थान)

३. फिन्ल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, स्पेन (१९२ स्थान)

४. अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, लमजमबर्ग, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन (१९१ स्थान)

५. बेलजियम, न्यूजिल्यान्ड, पोर्चुगल, स्वीटजरल्याण्ड, बेलायत (१९० स्थान)

६. ग्रीस अस्ट्रेलिया (१८९ स्थान)

७. क्यानडा, पोल्याण्ड, माल्टा (१८८ स्थान)

८. हंगेरी, चेक रिपब्लिक (१८७ स्थान)

९. इस्टोनिया, अमेरिका (१८६ स्थान)

१०. लुथानिया, लातभिया, स्लोभेनिया, युएई (१८५ स्थान)

सबैभन्दा कमजोर पासपोर्ट रहेका देशहरु

९७. सुडान (४३ स्थान)

९८. इट्रिया (४२ स्थान)

९९. दक्षिण कोरिया (४१ स्थान)

१००. बंगलादेश, लिबिया र प्यालेस्टाइन (४० स्थान)

१०१. नेपाल (३९ स्थान)

१०२. सोमालिया (३५ स्थान)

१०३. पाकिस्तान, यमन (३३ स्थान)

१०४. इराक (३१ स्थान)

१०५. सिरिया (२७ स्थान)

१०६. अफगानिस्तान (२६ स्थान)

*भिसा फ्रि स्थान/देश