BIZMANDU
www.bizmandu.com

दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणका लागि द्विपक्षीय सम्झौता

२०८१ पुष २४

दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणका लागि द्विपक्षीय सम्झौता
दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणका लागि द्विपक्षीय सम्झौता

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा १ मा एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाह निर्माणको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच द्विपक्षीय सम्झौता भएको छ।

Tata
GBIME

विभाग र समितिबीच सम्झौता भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले एकीकृत जाँच चौकी निर्माणस्थलमा भएको रुखको छपान मूल्यांकन गरि विभागमा पठाउने भएको छ। त्यसपछि विभागबाट प्रमाणित भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट रुख कटानको आदेश उपलब्ध गराइनेछ।

आदेश प्राप्त भएपछि समितिले प्रचलित कानून अनुसार आफ्नै खर्चमा रुख कटान मुछान लगायतका कार्यहरु गर्ने जनाइएको छ।

अहिले समिति रुख कटानको आदेशको पर्खाइमा रहेको र रुख कटानको आदेश प्राप्त हुनासाथ तत्काल कार्य सुरु गर्ने समितिले जनाएको छ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने यस एकीकृत जाँच चौकीको लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२.३६ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातीका १७०२ गोटा रुख र पोलहरु हटाउन मन्त्रिपरिषदले २०८१ साल आश्विनमा स्वीकृति दिएको थियो।

आयोजनाको कूल लागत करिब ५.७६ अर्ब नेपाली रुपैयाँ रहेको छ।