BIZMANDU
www.bizmandu.com

बक्यौता रकम चाहियो भन्दै बालुवाटार पुगेका व्यवसायीलाई प्रधानमन्त्री ओलीले के भने ?

२०८१ पुष २४

बक्यौता रकम चाहियो भन्दै बालुवाटार पुगेका व्यवसायीलाई प्रधानमन्त्री ओलीले के भने ?
बक्यौता रकम चाहियो भन्दै बालुवाटार पुगेका व्यवसायीलाई प्रधानमन्त्री ओलीले के भने ?

काठमाडौं। नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ।

Tata
GBIME
Nepal Life

परिषद्को टोलीले ओलीलाई बालुवाटारमा पुगेर भेटी निर्माण व्यवसायीको बक्यौता भुक्तानीका लागि आग्रह गरेको हो।

वसायीहरुले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्काहरुमा मूल्य समायोजनलगायत विषयमा ओलीको ध्यानाकर्षण गराएका छन्।

ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउने गरी काम गर्न आफूूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताएको उनको सचिवालयले जनाएको छ।

ओलीले सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय ठाउँमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गरेका थिए।