BIZMANDU
www.bizmandu.com

मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन

२०८१ पुष २४

मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन
मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन

काठमाडौं। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।

Tata
GBIME
NLIC

समितिले बुधबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई बोलाएर छलफल गरी मुलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले वन तथा वातावरण मन्त्रालयलाई वातावरणीय प्रभाव मूल्याङ्कन कार्य छिटो टुङ्ग्याउन भनेको छ। समितिले युवा तथा खेलकुद मन्त्रालयलाई जनशक्ति व्यवस्थापन लगायत आवश्यक पूर्व तयारीका कार्य सम्पन्न गरी दुवै रंगशालामा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएको छ।