BIZMANDU
www.bizmandu.com

कौसी थिएटरमा मञ्चन हुँदै ‘महासत्व’, नाटकमा नमोबुद्ध र मातृत्वको कथा

२०८१ पुष २४

कौसी थिएटरमा मञ्चन हुँदै ‘महासत्व’, नाटकमा नमोबुद्ध र मातृत्वको कथा
कौसी थिएटरमा मञ्चन हुँदै ‘महासत्व’, नाटकमा नमोबुद्ध र मातृत्वको कथा

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीबाट उकालो लाग्दा पुगिने नमोबुद्धबारे धेरैलाई थाहै होला। यद्यपि, त्यसस्थानसँग जोडिएका कथनहरुबारे कमैमात्रै जानकार होलान्।

Tata
GBIME
Nepal Life

कुनै बेला पाञ्चाल राज्य (हाल पनौती) का राजा महारथ र रानी सत्यवतीका छोरा महासत्वसँग जोडिन्छ नमोबुद्धको कथा। राज्यमा विशाल पूजा आयोजना गर्न चाहिने फूल खोज्न महासत्वसँगै अन्य राजकुमारहरु जान्छन्। त्यही क्रममा उनीहरुले बघिनी देख्छन्। भोकाएकी बघिनी बचाउन महासत्व अघि बढ्छन्। त्यसबेला अन्य राजकुमार र महासत्वबीच विचार आदानप्रदान हुन्छ।

यही सेरोफेरोमा केन्द्रित भएर पुस २५ गतेदेखि काठमाडौंको टेकुमा रहेको कौसी थिएटरमा नाटक मञ्चन हुँदैछ। ‘महासत्व’ नाम दिइएको नाटक मातृत्वको महत्वमा केन्द्रित रहेको बताउँछन् सुदनमान मुनिकार।

सुदनमान मुनिकारका बुबा चन्द्रमान मुनिकारको कथा र निर्देशनमा अहिले नाटक मञ्चनको अन्तिम तयारी चलिरहेको छ।

सुदन भन्छन्, ‘महासत्व नै पछि शाक्यमुनि गौतम बुद्ध भएर जन्म लिएको कथन छ। महासत्व भनेर चिनिएको ठाउँ त्यसपछि नमोबुद्ध भनेर चिनिन थालेको मिथक छ।’

नाटकमा मातृत्वको महत्वलाई कथाको माध्यमबाट प्रस्तुत गरिँदैछ।

‘कथाहरु देखाउनु भन्दा त्यसलाई बुझाउनु हाम्रो तत्पर्य हो,’ सुदनले भने।

ब्रजकला कुञ्जले आयोजना गरेको यो नाटक माघ ५ गतेसम्म मञ्चन हुनेछ।