BIZMANDU
www.bizmandu.com

फाइनान्सले उचाल्यो नेप्से, ६.१६ अंकले बढेको सेयर बजारमा ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार

२०८१ पुष २३

फाइनान्सले उचाल्यो नेप्से, ६.१६ अंकले बढेको सेयर बजारमा ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार
फाइनान्सले उचाल्यो नेप्से, ६.१६ अंकले बढेको सेयर बजारमा ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार


काठमाडौं। दिनभरको उतारचढावपछि सेयर बजार परिसूचक मंगलबार अन्तिममा ६.१६ अंकले बढेको छ।

Tata
GBIME
NLIC

कारोबार सुरु भएको एक घण्टामा २६५६ अंकमा पुगेको नेप्से अपराह्न २ बजे २६२५ अंकमा झरेको थियो। नेप्से त्यसपछि उकालो लागेर अन्तिममा २६४६.८४ विन्दु कायम भयो।

विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, व्यापार र म्युचुअल फण्डले नेप्से बढाएका हुन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.६५ प्रतिशतले उकालो लागेको छ।

बजारमा १२६ कम्पनीका लगानीकर्ताले कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंक, ङादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

१०७ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीका लगानीकर्ता छन्। यी दुई कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको छ। बजारमा ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।