BIZMANDU
www.bizmandu.com

जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो, सरकारी अनुदान फिर्ताको असर बजारमा

२०८१ पुष २३

जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो, सरकारी अनुदान फिर्ताको असर बजारमा
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो, सरकारी अनुदान फिर्ताको असर बजारमा


बर्लिन। जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७.४ प्रतिशतले घटेको छ। आधिकारिक तथ्यांकले यस्तो सोमबार देखाएको हो। समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार बजारमा लगभग २.८ लाख नयाँ विद्युतीय कार दर्ता भएको थियो।

Tata
GBIME
NLIC

यो अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले कम भएको केबीए संघीय यातायात प्राधिकरणले जनाएको छ। तीमध्ये, केवल ३ लाख ८० हजार ६०९ विद्युतीय कार थिए, जुन १३.५ प्रतिशतको बजार हिस्सा बराबर छ।

विश्लेषक कन्स्टान्टिन गलले भने ,’सन् २०२३ को अन्त्यमा सरकारी अनुदान फिर्ता लिएपछि जर्मनीमा विद्युतीय कारहरूको माग सुस्त भएको छ। नयाँ इभी मोडलहरूको उच्च मूल्य, कमजोर चार्जिङ पूर्वाधार र दायरा सीमितताहरूले पनि धेरै उपभोक्ताहरूलाई विद्युतीय कार छनोट गर्न निरुत्साहित गरेको छ।’

विद्युतीय कारहरूको घट्दो बिक्रीले जर्मनीको फराकिलो अटो उद्योगले सामना गर्ने चुनौतीहरूलाई रेखांकित गर्छ। यस क्षेत्रले कमजोर माग र विद्युतीय सवारीसाधन समस्यासँग संघर्ष गरेको छ। निर्माता र आपूर्तिकर्ताहरूले गत वर्ष धेरै रोजगार कटौतीको घोषणा गरेको थियो।

फेब्रुअरी २३ गते हुने निर्वाचनअघि अटो उद्योगको संकट राजनीतिक मुद्दा बनेको छ। केही आलोचकहरूले जर्मनीको सामान्य आर्थिक मन्दीलाई विद्युतीय सवारीसाधनमा सँग जोडेका बताएका छन्। यसले विद्युतीय कार निर्माताहरूलाई कमजोर बनाएको छ।

कार निर्माताहरूले आगामी वर्ष बिक्रीमा सामान्य वृद्धिभन्दा बढी आशा गर्न सक्ने अवस्था नरहेको उनले बताए। -एएफपी/रासस