काठमाडौं। होटल संघ नेपालले ‘नेपाल हस्पिटालिटी डे’को दोस्रो संस्करण माघ २ गते मनाउने भएको छ।
संघले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो स्थापनाको दिवसका अवसरमा ‘नेपाल हस्पिटालिटी डे’को दोस्रो संस्करण मनाउने बताएको छ।
संघका अध्यक्ष विनायक शाहले सातै प्रदेशका रैथाने परिकार प्रवर्धन गर्ने उद्देश्यसहित हस्पिटालिटी डे मनाउन लागेको बताए।
‘सातै प्रदेशका मुख्य मुख्य रैथाने खाना प्रदर्शनीमा राखिने छ। यसको मुख्य उद्देश्य नेपालमा विदेशी पर्यटकलाई आकर्षित गर्नु हो,’ शाहले भने, ‘होटल क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे छलफल पनि गर्नेछौं।’
संघको वार्षिक साधारण सभा त्यही दिन गरिंदैछ। जहाँ देशैभरका होटल व्यवसायी सहभागी हुनेछन्।