BIZMANDU
www.bizmandu.com

सेयर बजार परिसूचकमा ४९.१२ अंकको वृद्धि, ६ अर्ब ३० करोड ५४ लाखको कारोबार

२०८१ पुष २२

सेयर बजार परिसूचकमा ४९.१२ अंकको वृद्धि, ६ अर्ब ३० करोड ५४ लाखको कारोबार
सेयर बजार परिसूचकमा ४९.१२ अंकको वृद्धि, ६ अर्ब ३० करोड ५४ लाखको कारोबार

काठमाडौं। सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। आइतबार सामान्य बढेको नेप्से परिसूचकले सोमबार हाफ सेन्चुरी हानेको छ।

Tata
GBIME
Nepal Life

नेप्से ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगेको छ। कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्। हाइड्रोपावरको सूचक सर्वाधिक ३.५५ प्रतिशतले उकालो लागेको छ।

इन्भेष्टमेन्ट ३.२३, होटल तथा पर्यटन २.९९ र विकास बैंक सूचक २.४६ प्रतिशतले उकालो लागेका छन्। २२६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। आत्मनिर्भर लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ।

बढेको बजारमा पनि १२ कम्पनीको सेयरमूल्य भने घट्दा तिनका लगानीकर्ताले गुमाएका छन्। दुई कम्पनीको सेयर मूल्य घटेर नेगेटिभ सर्किट लागेको छ। उपकार लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको २९ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, साहस ऊर्जा १३ करोड ६५ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।