BIZMANDU
www.bizmandu.com

दुबईबाट ल्याएको करिब आधा किलो सुन अरूले नै लुटे, ५ दिनपछि ३ जना प्रहरीको फन्दामा

२०८१ पुष २२

दुबईबाट ल्याएको करिब आधा किलो सुन अरूले नै लुटे, ५ दिनपछि ३ जना प्रहरीको फन्दामा
दुबईबाट ल्याएको करिब आधा किलो सुन अरूले नै लुटे, ५ दिनपछि ३ जना प्रहरीको फन्दामा


काठमाडौं। दुबईबाट अवैध रुपमा ल्याएको करिब आधा किलो सुन लुटिएको छ। यसरी सुन लुटिएको जानकारी आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

पुस १४ गते दिउँसो साढे २ बजे फ्लाईं दुबईबाट नेपाल आएकी एक जना महिलाले सुन ल्याएकी थिइन्। सुनलाई तरल बनाएर प्याड जस्तो आकारमा भित्री वस्त्रमा लुकाएर ल्याएकी थिइन्। तर विमानस्थलबाट बाहिरिएपछि सुन लुटिएको थियो। प्रहरीले ५ दिनपछि लुटेरालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या  गाउँपालिका घर भएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ की ३२ वर्षीय अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ  र काभ्रेपलान्चोक तेमाल गाउँपालिका घर भएका  २२ वर्षीय लालबहादुर तामाङ छन्।

नियन्त्रणमा लिई अनुसन्धान गर्दा प्रहरीले उनीहरुको साथ तथा डेरा कोठाबाट लुटिएको ४३६.०१० ग्राम तौल भएको सुन बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।