BIZMANDU
www.bizmandu.com

दूरसञ्चार प्राधिकरणले रद्द गर्‍यो वीरगंजको डल्फिन नेटको इन्टरनेट सेवासम्बन्धी लाइसेन्स

२०८१ पुष २२

दूरसञ्चार प्राधिकरणले रद्द गर्‍यो वीरगंजको डल्फिन नेटको इन्टरनेट सेवासम्बन्धी लाइसेन्स
दूरसञ्चार प्राधिकरणले रद्द गर्‍यो वीरगंजको डल्फिन नेटको इन्टरनेट सेवासम्बन्धी लाइसेन्स


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स रद्द गरेको छ। डल्फिन नेटले अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र निवेदन पेस नगरेको भन्दै पुस ६ गतेदेखि लाइसेन्स रद्द गरेको हो।

Tata
GBIME
NLIC

सोमबार सूचना जारी गर्दै सो इन्टरनेट सेवा प्रदायकलाई कानुनअनुसार बुझाउनुपर्ने बक्यौता ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ।

प्राधिकरणले वीरगंजको डल्फिन नेटलाई २०७६ पुस ६ गते इन्टरनेट (इमेलसहित) अनुमतिपत्र दिएको थियो।

यसअघि प्राधिकरणले तनहुँको र्‍यापिड युनिक नेटवर्कले पनि तोकिएको समयभित्र नवीकरणको प्रक्रिया नचालेको भन्दै लाइसेन्स खारेज गरिदिएको थियो।