BIZMANDU
www.bizmandu.com

गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा इलेक्ट्रिक एसयूभी जेइको जे सिक्सको अफ-रोड टेस्ट ड्राइभ

२०८१ पुष २१

गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा इलेक्ट्रिक एसयूभी जेइको जे सिक्सको अफ-रोड टेस्ट ड्राइभ
गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा इलेक्ट्रिक एसयूभी जेइको जे सिक्सको अफ-रोड टेस्ट ड्राइभ


काठमाडौं। गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा ‘जेइको जे सिक्स’को टेस्ट ड्राइभ गरिएको छ।

Tata
GBIME
NLIC

ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले यसलाई ‘जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) टेस्ट ड्राइभ-एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ नाम दिएको छ।

शनिबार आयोजित टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयूभी जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर)को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको कम्पनीको दाबी छ। यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको एसपीजीले जनाएको छ।

टेस्ट ड्राइभ च्यालेन्जमा अफ-रोड पारखी तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता थियो। साथै, विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याक मुख्य आकर्षण रह्यो।

ट्र्याकलाई वास्तविक अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, रकि एक्सपेरियन्स लगायत राखिएका थिए। उक्त ट्र्याकमा जे सिक्सले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको कम्पनीले बताएको छ।

‘विशेषगरी जेइको जे सिक्समा रूची राख्ने ग्राहकहरूकेन्द्रित यस कार्यक्रममा जेइको जेसिक्सले डर्ट-ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गरेको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

कार्यक्रममा डर्ट-ट्र्याक च्यालेन्जका अलावा सहभागीहरू नि:शुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ लगायत क्रियाकलापमा सहभागी भएका थिए।

नयाँ जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिम सहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स लगायत विभिन्न सुविधाहरूले सु-सज्जित छ।

साथै ९ वटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री र ४०० किलोमिटरको डब्लुएलटीपी रेन्ज यसको प्रमुख आकर्षणको पक्ष हो।