BIZMANDU
www.bizmandu.com

सेयर बजारमा झिनो सुधार, नेप्से ५.३२ अंकले बढ्दा ४ अर्ब ८६ करोडको कारोबार

२०८१ पुष २१

सेयर बजारमा झिनो सुधार, नेप्से ५.३२ अंकले बढ्दा ४ अर्ब ८६ करोडको कारोबार
सेयर बजारमा झिनो सुधार, नेप्से ५.३२ अंकले बढ्दा ४ अर्ब ८६ करोडको कारोबार


काठमाडौं। सेयर बजारमा झिनो सुधार भएको छ। नेप्से परिसूचक आइतबार ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

कारोबारमा आएका बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार बढाएका हुन्। हाइड्रोपावर उपसमूहकको सूचक सबैभन्दा धेरै १.६७ प्रतिशतले उकालो लागेको छ।

कारोबारमा आएका १४१ कम्पनीको सेयर मूल्य बढेको छ। ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत कम्पनी र ग्रिन भेन्चर्सका लगानीकर्ताले सर्वाधिक कमाएका हुन्।

९४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.८८ प्रतिशतले घटेको छ।

बजारमा ४ अर्ब ८६ करोड रुपैयाँको सेयर किनबेच हुँदा जानकी फाइनान्सको सर्वाधिक १९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै, रिभर फल्सको १७ करोड ३६ लाख, रसुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ७९ लाख र नेपाल फाइनान्सको ११ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।