BIZMANDU
www.bizmandu.com

नदी कटान रोक्न आँधीखोलामा तटबन्ध निर्माण, सिँचाइ डिभिजन र पालिकाबीच लागत साझेदारी

२०८१ पुष २०

नदी कटान रोक्न आँधीखोलामा तटबन्ध निर्माण, सिँचाइ डिभिजन र पालिकाबीच लागत साझेदारी
नदी कटान रोक्न आँधीखोलामा तटबन्ध निर्माण, सिँचाइ डिभिजन र पालिकाबीच लागत साझेदारी

वालिङ। नदी कटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ। गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा संचालित योजनामार्फत ४ किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो।

Tata
GBIME
Nepal Life

आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम सुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए।

धेरै कटान भएका स्थानमा तटबन्धन गरिएको हो। सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उनले दिए।

८ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ। रासस