BIZMANDU
www.bizmandu.com

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्ट अघि बढदै, छुट्यायो ८० अर्ब डलर

२०८१ पुष २०

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्ट अघि बढदै, छुट्यायो ८० अर्ब डलर
एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्ट अघि बढदै, छुट्यायो ८० अर्ब डलर


सान फ्रान्सिस्को। माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर बनाउने भएको छ। त्यसको निर्माणका लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याइएको कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

माइक्रोसफ्टले शुक्रबार एक ब्लग पोस्टमा भनेको छ- ‘टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ।’

माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० अर्ब डलर विनियोजनमध्ये आधाभन्दा बढी संयुक्त राज्य अमेरिकामा खर्च हुनेछ।

‘एआईले अर्थतन्त्रको हरेक क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व बढाउने वाचा गर्छ। संयुक्त राज्य अमेरिका यस नयाँ प्रविधि लहरको अगाडि उभिन तयार छ,’ उनले भने।

माइक्रोसफ्ट तथा ओपनएआई एक डाटा सेन्टर सुविधाको निर्माणको बारेमा वार्तामा थिए । यो सुविधा निर्माण गर्न १०० अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो । -सिन्ह्वा/रासस