BIZMANDU
www.bizmandu.com

सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुल्यो, चार दर्जामा ११७९ जनाका लागि दरखास्त माग

२०८१ पुष १९

सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुल्यो, चार दर्जामा ११७९ जनाका लागि दरखास्त माग
सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुल्यो, चार दर्जामा ११७९ जनाका लागि दरखास्त माग


काठमाडौं। सेना तथा प्रहरी सेवामा भर्ना हुन चाहने युवाका लागि उल्लेख्य संख्यामा भर्ना खुलेको छ।  सशस्त्र प्रहरी बल मुख्यालयले शुक्रबार चार दर्जामा १ हजार १ सय ७९ जनाका लागि भर्ना खुलाएको हो।

Tata
GBIME
NLIC

बलले प्रहरी निरीक्षक ६८ र सहायक निरीक्षक दर्जाका लागि ८३ जना भर्ना गर्ने भएको छ। यस्तै जवानतर्फ ९ सय ४१ जनाको दरखास्त खुलाएको छ। परिचरतर्फ भान्से २०, कुचीकार १९, सूचीकार १०, केशकर्तक २४ र चर्मकर्मी १४ जना मागेको छ।

प्रहरी निरीक्षकका लागि उमेर २१ वर्ष पुरा भइ २५ वर्ष ननाघेको र शैक्षिक योग्यता स्नातक तह वा सो सरह हुनु पर्नेछ। सहायक निरीक्षकका लागि १८ वर्ष पुरा भइ २३ ननाघेको हुनुपर्ने र १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हुनुपर्ने छ।

जवान दर्जाका लागि उमेर १८ पुरा भइ २३ वर्ष ननाघेको हुनुपर्ने छ भने कम्तीमा ८ कक्षा उत्तीर्ण हुनुपर्ने तोकिएको छ। परिचर दर्जाका लागि उमेर १८ वर्ष पुरा भइ २५ ननाघेको हुनु पर्नेछ भने शैक्षिक योग्यतामा सामान्य लेखपढ जानेको भए पुग्ने जनाइएको छ।

दरखास्त फाराम सशस्त्र प्रहरी बलको स्वयम्भू हलचोकस्थित प्रधान कार्यालयसँगै मुलुकभरका कार्यालय र युनिटहरुमा उपलब्ध हुने शुक्रबार जारी सूचनामा उल्लेख छ। दरखास्त बुझाउने अवधि एक महिना छ।