काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।
समितिका सभापति रामहरि खतिवडाले विधेयकको संशोधन प्रस्ताव पेस गरेको थिए। सो विधेयक सर्वसम्मतिले समितिबाट पारित भएको हो।
त्यसअघि सांसदहरुले विधेयकमाथि आआफ्नो राय दिएका थिए।
समितिमा हृदयराम थानी नेतृत्वको उपसमितिबाट प्राप्त प्रतिवेदनमाथि छलफल भएको थियो। सो प्रतिवेदन पनि समितिबाट पारित भएको थियो।