BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य उकालो लाग्दै, सुन प्रति तोला ५०० रुपैयाँ बढ्दा, चाँदी कति बढ्यो?

२०८१ पुष १८

सुनचाँदीको मूल्य उकालो लाग्दै, सुन प्रति तोला ५०० रुपैयाँ बढ्दा, चाँदी कति बढ्यो?
सुनचाँदीको मूल्य उकालो लाग्दै, सुन प्रति तोला ५०० रुपैयाँ बढ्दा, चाँदी कति बढ्यो?

काठमाडौं। सुनको मूल्य फेरी बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ५ सय रुपैयाँ बढ्दै कारोबार मूल्य प्रति तोला १ लाख ५१ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

बुधबार पनि सुन तोलामा १४ सय रुपैयाँ बढ्दा प्रति तोला १ लाख ५१ हजार रुपैयाँ भएको थियो। मंगलबार सुन तोलामा एक हजार रुपैयाँ घटेर प्रति तोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार सुन प्रति तोला १ लाख ५० हजार ६ सय र साताको पहिलो दिन १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बिहीबार तोलामा २५ रुपैयाँ बढेर प्रति तोला एक हजार ७९० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रति तोला १ हजार ७६५ रुपैयाँ भएको थियो। सोमबार तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा नयाँ वर्ष सुरु भएसँगै सुनको मूल्य लगातार बढिरहेको छ। बिहीबार पनि सुन बढेर प्रति औंस २६३४.२३ डलर पुगेको छ। चाँदी प्रति औंस २९.३५ डलरमा छ।

बुधबार सुन प्रति औंस २६२४.४९ डलर र चाँदी प्रति औंस २८.८४ डलर थियो।