BIZMANDU
www.bizmandu.com

विकास बैंक र फाइनान्सले बढाए नेप्से, सूचक ५.१० अंकले बढ्दा ३.५९ अर्बको कारोबार

२०८१ पुष १७

विकास बैंक र फाइनान्सले बढाए नेप्से, सूचक ५.१० अंकले बढ्दा ३.५९ अर्बको कारोबार
विकास बैंक र फाइनान्सले बढाए नेप्से, सूचक ५.१० अंकले बढ्दा ३.५९ अर्बको कारोबार


काठमाडौं। कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले व्यवस्थापन लिएको असरस्वरुप खराब वित्तीय अवस्थाका विकास बैंक र फाइनान्स कम्पनीको सेयरमा लगातार गिरावट आएकामा बुधबार दुवैको सूचक बढेको छ।

Tata
GBIME
NLIC

फाइनान्सको सूचक ३.८७ र विकास बैंकको सूचक १.६८ प्रतिशतले बढेको हो। नेप्सेमा सूचीकृत १५ वटै फाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै विकास बैंकतर्फ १४ वटाको मूल्य उकालो लागेको छ।

नेप्से ५.१० अंकले बढ्दा बैंक जीवन बिमा लघुवित्त म्युचुअल फण्ड र अन्य उपसमूहको सूचक भने घटेको छ। बजारमा १८८ कम्पनीका लगानीकर्ताले कमाउँदा ५० कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कारोबार रकम ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ।