BIZMANDU
www.bizmandu.com

कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत, देउवाको रोजाइमा को-को?

२०८१ पुष १६

कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत, देउवाको रोजाइमा को-को?
कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत, देउवाको रोजाइमा को-को?

काठमाडौं। नेपाली कांग्रेसले उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न जिल्लाका १० जनालाई मंगलबार १० सदस्य मनोनीत गरेका हुन्।

Tata
GBIME

देउवाले कञ्चनपुरका खगेश्वर बोहरा, जुम्लाका मीनबहादुर भण्डारी, काठमाडौंका ध्रुव खड्का र राजीव श्रेष्ठ, कपिलवस्तुका जमसेर अलि मियाँ, काभ्रेका सीताराम परियार, सोलुखुम्बुका शम्भुहरि बाँस्तोला, झापाका संजिव घिमिरे, लम्जुङका जुनु गुरुङ र रौतहटका विजयकुमार सिंहलाई मनोनीत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रस विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसको उद्योग तथा व्यापार विभाग प्रमुख केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ हुन्।