BIZMANDU
www.bizmandu.com

एमएडब्लू वृद्धि अटोकर्प चीनमा सम्मानित, चांगनले दियो ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’

२०८१ पुष १४

एमएडब्लू वृद्धि अटोकर्प चीनमा सम्मानित, चांगनले दियो ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’
एमएडब्लू वृद्धि अटोकर्प चीनमा सम्मानित, चांगनले दियो ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’


काठमाडौं। नेपालका लागि चांगन तथा डिपल इभीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि अटोकर्प चांगनको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ।

Tata
GBIME
NLIC

नेपालमा विद्युतीय सवारीसाधन विस्तारमा योगदान पुर्‍याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चीनको दोस्रो ठूलो अटोमोबाइल समूह चांगनले एमएडब्लू वृद्धिलाई अवार्ड प्रदान गरेको हो।

चांगानले चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगन ग्लोबल पार्टनर्स कन्फरेन्स’मा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाललाई अवार्ड प्रदान गरेको छ। चांगन चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको १६२ वर्ष लामो विरासत छ।

‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’ अवार्ड ग्रहण गरेपछि एमएडब्लू वृद्धिका अध्यक्ष अग्रवालले भने, ‘हामी सफल भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौं।’

एमएडब्लू वृद्धिले ८ महिनामा ७०० भन्दा धेरै डिपल गाडि बेचेको छ।