काठमाडौं। आर्थिक शिथिलताबीच इन्स्योरेन्स कम्पनीहरुले व्यापार बढाएका छन्। चालु आर्थिक वर्ष पाँच महिनामा जीवन र निर्जीवन बीमा कम्पनीले प्रिमियम संकलन वृद्धि गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरसम्म तीन वटा लघुसहित १७ वटा लाइफ इन्स्योरेन्सले ६६ अर्ब १४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्।
कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क पोहोर पाँच महिनाको तुलनामा औसतमा ७.१० प्रतिशत धेरै हो। इन्स्योरेन्सले गत वर्ष मंसिरसम्म ६१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।
प्राधिकरणका अनुसार कम्पनीहरुले नयाँ व्यापार १५.४६ प्रतिशतले वृद्धि गरेका छन्। जीवन बीमा कम्पनीले गत वर्ष मंसिरसम्म १० अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकामा यस वर्ष सोही अवधिमा १२ अर्ब ६८ करोड संकलन गरेका छन्। यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र हिमालयन लाइफ बाहेक सबैको प्रिमियम बढेको छ।
चालु आर्थिक वर्ष मंसिरसम्म जीवन बीमा कम्पनीले संकलन गरेको प्रिमियम रु लाखमा
जीवन बीमा कम्पनी | २०८१/८२ | २०८०/८१ | फरक % |
राष्ट्रिय जीवन बीमा कम्पनी | २२५८१.२३ | ४५२५०.१९ | -५०.१ |
नेसनल लाइफ | ७९८६८.२० | ७१६२३.०८ | ११.५१ |
नेपाल लाइफ | १८७६४८.३२ | १६७६०८.०४ | ११.९६ |
लाइफ इन्स्योरेन्स कर्पोरेसन | ७६६३६.४८ | ६९२०१.५१ | १०.७४ |
मेटलाइफ | २३३२०.१३ | २१९२७.८९ | ६.३५ |
एसियन लाइफ | ३३६०४.४१ | ३०२४९.२८ | ११.०९ |
आइएमई लाइफ | १८९४९.७३ | १६३७८.१० | १५.७ |
सन नेपाल | १५७५६.२० | १४४९३.८९ | ८.७१ |
रिलायबल नेपाल | १९२१५.९६ | १५३१९.०२ | २५.४४ |
सिटिजन लाइफ | २६५५४.२९ | २२३९२.२१ | १८.५९ |
सूर्यज्योति | ३९९६८.२५ | ३४५८४.२६ | १५.५७ |
सानिमा रिलायन्स | २५९७५.२१ | २३६९२.९५ | ९.६३ |
हिमालयन लाइफ | ६७९१४.५९ | ६७९९०.६५ | -०.११ |
प्रभु महालक्ष्मी | १९४२५.४९ | १६७६०.०६ | १५.९ |
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु वर्ष मंसिरसम्म १७ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। कम्पनीहरुले गत वर्षको तुलनामा प्रिमियम आर्जन ११.२२ प्रतिशतले बढाएका हुन्। पोहोर मंसिरसम्म इन्स्योरेन्सले १५ अर्ब ७४ करोड प्रिमियम संकलन गरेका थिए।
चालु आर्थिक वर्ष मंसिरसम्म निर्जीवन बीमा कम्पनीले संकलन गरेको प्रिमियम रु लाखमा
निर्जीवन बीमा कम्पनी | २०८१/८२ | २०८०/८१ | फरक % |
नेपाल इन्स्योरेन्स | ९४४६.९३ | ६१९१.९० | ५२.५७ |
ओरियन्टल | ११२६९.०० | ७२७१.२५ | ५४.९८ |
राष्ट्रिय बीमा कम्पनी | ६७११.८९ | ६२६१.५१ | ७.१९ |
नेसनल इन्स्योरेन्स | ५४३४.९३ | ५११९.७४ | ६.१६ |
नेको | १४०३८.२१ | १३३३०.०६ | ५.३१ |
प्रभु | ७६६८.४२ | ८४१४.१६ | -८.८६ |
शिखर | १७४२५.७४ | १५७७६.५३ | १०.४५ |
एनएलजी | ११३०६.०७ | १०१६४.३९ | ११.२३ |
हिमालयन एभरेष्ट | १४००९.२५ | १३९५३.८५ | ०.४ |
सानिमा जीआईसी | ९९७४.५८ | ९६८६.१० | २.९८ |
सिद्धार्थ प्रिमियर | १७६८५.८५ | १६५१९.१९ | ७.०६ |
सगरमाथा लुम्बिनी | २१९९८.३६ | १९९९७.०१ | १०.०१ |
आईजीआई प्रुडेन्सियल | १४५५२.७० | १३८१२.०८ | ५.३६ |
युनाइटेड अजोड | १०२५५.६८ | १०७१२.३८ | -४.२६ |
युनाइटेड अजोड र प्रभु बाहेक १२ वटा इन्स्योरेन्सले व्यवसाय बढाका छन्। निर्जीवन बीमा कम्पनीले बीमा लेख ८.३८ प्रतिशतले वृद्धि गरेका छन्।
गत वर्ष मंसिरसम्म ११ लाख ७२ हजा बीमा लेख जारी गरेका कम्पनीहरुले यस वर्ष सोही अवधिमा १२ लाख ७० हजार बीमा लेख बिक्री गरेका छन्।