BIZMANDU
www.bizmandu.com

उच्च र जिल्लाका २५ न्यायाधीश सरुवाको सिफारिस, न्याय परिषद्‍ले कसलाई कहाँ पुर्‍यायो?

२०८१ पुष १२

उच्च र जिल्लाका २५ न्यायाधीश सरुवाको सिफारिस, न्याय परिषद्‍ले कसलाई कहाँ पुर्‍यायो?
उच्च र जिल्लाका २५ न्यायाधीश सरुवाको सिफारिस, न्याय परिषद्‍ले कसलाई कहाँ पुर्‍यायो?

काठमाडौं। न्याय परिषद्ले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायधीशहरुको सरुवा गर्न सिफारिस गरेको छ।न्याय परिषद्‍को शुक्रबारको बैठकले उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको हो।

Tata
GBIME
Nepal Life

विशेष अदालतमा काजमा रहेका न्यायाधीश डा. खुशीप्रसाद थारुलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज, उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाललाई तुलसीपुरको बुटवल इजलास, डालकुमार खड्कालाई दिपायलबाट पाटन, दीपेन्द्र अधिकारीलाई बुटवल इजलासबाट पोखरा, रेखा थापा पाण्डेलाई बुटवल इजलासबाट इलाम इजलास, सागर विष्टलाई सुर्खेतबाट बुटवल इजलास, मातृका प्रसाद भण्डारीलाई राजविराज इजलासबाट सुर्खेत र माधव धिताललाई सुर्खेतबाट राजविराज इजलासमा सरुवा गर्न सिफारिस गरिएको हो।

डा. थारु वीरगंज पुगेपछि उच्च अदालत पाटनका विदुर कोइरालालाई विशेष अदालतको सदस्य तोक्न परिषद्‍ले परामर्श दिएको छ। यस्तै पाटनका ढकाल बुटवल इजलास पुगेपछि राजस्व न्यायाधीकरणको अध्यक्षमा पाटनका ब्रजेश प्याकुरेललाई तोक्न परामर्श दिएको परिषद्ले जनाएको छ।

न्याय परिषद्ले अस्थायी इजलास ओखलढुंगामा कार्यरत हरिप्रसाद भण्डारीलाई तुलसीपुरमा काज सरुवाको सिफारिस गरेको छ।

सरुवा सिफारिस गरिएका जिल्ला न्यायाधीशमा प्रकाश ढुंगाना, लालकाजी श्रेष्ठ, केशवप्रसाद घिमिरे, रोशन गजुरेल, रोमानाथ अधिकारी लगायत छन्