BIZMANDU
www.bizmandu.com

जिल्ला अदालत कास्कीमा रवि लामिछानेको बयान जारी, छविलाल र लीलाको सकियो

२०८१ पुष १२

जिल्ला अदालत कास्कीमा रवि लामिछानेको बयान जारी, छविलाल र लीलाको सकियो
जिल्ला अदालत कास्कीमा रवि लामिछानेको बयान जारी, छविलाल र लीलाको सकियो


काठमाडौं। जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयानलाई शुक्रबार पनि निरन्तरता दिएको छ।

Tata
GBIME
NLIC

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा मुद्दा दायर भएका रविसँग अदालतले बिहिबार बयान लिन सुरु गरेकामा शुक्रबार पनि निरन्तरता दिएको हो।

अदालतले बिहिबार रविसँग गोर्खा मिडिया र जीबी राई सम्बन्धित भएर प्रश्न सोधेको थियो। अदालत स्रोतका अनुसार रविले प्रहरी र सरकारी वकिललाई आफूलाई सहकारी ठगीबारे कुनै जानकारी नभएको भन्दै इन्कारी बयान दिएका थिए।

अदालतले सुर्यदर्शन सहकारी ठगीमा प्रतिवादीहरू पूर्वडीआइजी छविलाल जोशी र लीला पछाइँको भने बयान लिइसकेको छ। ४४ प्रतिवादीमध्ये ५ जना मात्र अदालतमा उपस्थित छन्। रविपछि रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान हुनेछ।

बयानपछि थुनछेक बहस सुरु हुनेछ। न्यायाधीश नीतिज राईको इजलासमा बहस हुनेछ।

‘उपस्थित ५ जनाको बयान सकिएपछि बहस सुरु हुनेछ,’ जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले भने।