BIZMANDU
www.bizmandu.com

शुक्रबार पनि बढ्यो सुनचाँदी, सुन तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँ पुग्यो

२०८१ पुष १२

शुक्रबार पनि बढ्यो सुनचाँदी, सुन तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँ पुग्यो
शुक्रबार पनि बढ्यो सुनचाँदी, सुन तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँ पुग्यो


काठमाडौं। साताको अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ। शुक्रवार सुन तोलामा ४ सय र चाँदी १५ रुपैयाँले बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

बिहीवार सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीवार स्थिर रहेको चाँदीको मूल्य शुक्रवार तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ८१५ रुपैयाँ छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दैनिक बढ्दै गएको छ। शुक्रवार पनि सुन बढेर प्रतिऔंस २६३३.६१ डलर छ। चाँदी प्रतिऔंस २९.८१ डलरमा करोबार भइरहेको छ। बिहीवार सुन प्रतिऔंस २६२६.३७ डलर र चाँदी प्रतिऔंस २९.६१ डलर थियो।