BIZMANDU
www.bizmandu.com

कर्णालीमाथिको कारबाहीले विकास बैंकका लगानीकर्ता तरंगित, नेप्से बढ्दा १५ वटैको सेयर मूल्य ओरालो

२०८१ पुष ११

कर्णालीमाथिको कारबाहीले विकास बैंकका लगानीकर्ता तरंगित, नेप्से बढ्दा १५ वटैको सेयर मूल्य ओरालो
कर्णालीमाथिको कारबाहीले विकास बैंकका लगानीकर्ता तरंगित, नेप्से बढ्दा १५ वटैको सेयर मूल्य ओरालो


काठमाडौं। खराब वित्तीय अवस्थाका कारण नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन टेकओभर गरेको तरंग अरु विकास बैंकको सेयरमा परेको छ।

Tata
GBIME
NLIC

नेप्से बिहीबार ४.१९ अंकले बढ्दा १५ वटै विकास बैंकको सेयर मूल्यमा गिरावट आएको छ। ३ वटा विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। बजार उकालो लाग्दा विकास बैंकको सूचक २.४८ र फाइनान्स समूहको सर्वाधिक २.७० प्रतिशतले घटेको छ।

कर्पोरेट डेभलपमेन्ट, नारायणी र सिन्धु विकास बैंकको सेयरमा नेगेटिभ सर्किट लागेको हो।

नेप्से २६३०.७१ विन्दुमा पुगेको छ। वाणिज्य बैंक, माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। ७० कम्पनीका लगानीकर्ताले कमाउँदा १६३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

बजारमा ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै कारोबार हुनेमा प्रभु बैंक छ जसको ५० करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

राष्ट्र बैंकले खराब वित्तीय अवस्थाका कारण कर्णाली डेभलपमेन्ट बैंकलाई बुधबार समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रमा लिएका कारण कमजोर वित्तीय सूचकका कम्पनीको मूल्यमा गिरावट आएको हो।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन अर्को निर्णय नभएसम्मका लागि नियन्त्रमा लिएपछि नेप्सेले यो कम्पनीको सेयर कारोबार बिहीबारदेखि रोक्का राखेको छ। मंगलबार बैंकको सेयर प्रति कित्ता ८१० रुपैयाँमा किनबेच भएको थियो।

वित्तीय स्थिति निरन्तर खस्किंदा पनि बैंकको सेयर मूल्य निरन्तर उकालो लागेको थियो। यसको सेयर मूल्य एक वर्षमा ३२० रुपैयाँबाट वृद्धि भएर प्रति कित्ता ८७० रुपैयाँसम्म पुगेको थियो।

गत मंसिरमा बैंकको खराब कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको पाएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेकामा त्यसपछि पनि सेयर सर्किट लागेर बढेको थियो।