BIZMANDU
www.bizmandu.com

काइवीको मिनी इभी ई-क्युटको एकै पटक ३० युनिट डेलिभरी, ३०० किलोमिटरको रेन्ज

२०८१ पुष ११

काइवीको मिनी इभी ई-क्युटको एकै पटक ३० युनिट डेलिभरी, ३०० किलोमिटरको रेन्ज
काइवीको मिनी इभी ई-क्युटको एकै पटक ३० युनिट डेलिभरी, ३०० किलोमिटरको रेन्ज


काठमाडौं। चिनियाँ विद्युतीय गाडी ब्राण्ड काइवीको मिनी इभी एकै पटक ३० युनिट डेलिभरी गरिएको छ।

Tata
GBIME
NLIC

जिओ अटोमोबाइल्स र लक्ष्मी ई-मोबिलिटी दुवैले मिलेर उक्त ब्रान्डका गाडीहरू नेपाली बजारमा बिक्री गरिरहेका छन्। दुवै कम्पनीले बिहीबार उपत्यकामा एक कार्यक्रम आयोजना गरी ३० वटा काइवी ई-क्युट मिनि इभी डेलिभरी गरेका हुन्।

जिओका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार चेरी ग्रुपको लगानीमा २०१४ मा सुरु भएको यो कम्पनीमा अहिले चीन सरकारको पनि लगानी रहेको छ। यो कम्पनी कुनै स्टार्टअप नभई सरकारको लगानी रहेको कम्पनी भएकाले स्थापित ब्रान्डका रुप चिनिएको उनले बताए।

त्यसैले विश्वस्त भएर ग्राहकहरूले यो ब्राण्डको गाडी किन्न सक्ने उनको भनाइ छ।

‘हामी दुवै कम्पनी मिलेर गाडी बिक्री मात्रै नभई सर्भिसमा पनि दायित्व बहन गर्नेछौँ। हामीले जसरी फोर्ड भारतमा बन्द हुँदा पनि नेपालमा सर्भिसलाई निरन्तरता दिइरहेका छौँ, त्यसरी नै यो ब्रान्डको सर्भिसमा पनि आफ्नो दायित्व पूरा गर्नेछौँ,’ उनले भने।

दशकौँदेखि हुन्डाई र फोर्डका गाडी बिक्री गर्दै आइरहेका दुई घरानाले यो गाडी नेपालमा ल्याएका हुन्।

यो गाडीको फुल चार्ज रेन्ज ३०० किलोमिटर रहेको कम्पनीको दाबी छ। यसमा ३६० डिग्री क्यामेरासहितको सेफ्टी फिचर छ।

१९ लाख ९६ हजारदेखि २४ लाख ९६ हजार रुपैयाँँ मूल्य पर्ने यो गाडी गत भदौमा भएको नाडा अटो शोबाट नेपाली बजारमा सार्वजनिक गरिएको थियो। यो गाडी ३ वटा भेरिएन्टमा उपलब्ध छ।