BIZMANDU
www.bizmandu.com

नेको इन्स्योरेन्सले पुर्‍याउने भयो चुक्ता पुँजी, हकप्रद सेयर जारी गर्न सेबोनको स्वीकृति

२०८१ पुष १०

नेको इन्स्योरेन्सले पुर्‍याउने भयो चुक्ता पुँजी, हकप्रद सेयर जारी गर्न सेबोनको स्वीकृति
नेको इन्स्योरेन्सले पुर्‍याउने भयो चुक्ता पुँजी, हकप्रद सेयर जारी गर्न सेबोनको स्वीकृति

काठमाडौं। नेको इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ। सेबोनले इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद सेयर जारी गर्न पुस ९ गते अनुमति दिएको हो।

Tata
GBIME

सेबोनबाट अनुमति पाएसँगै इन्स्योरेन्सले अब ५० लाख ३० हजार ९३१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयर निष्कासनका लागि इन्स्योरेन्सले यसअघि नै सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ नाघ्नेछ। नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो।

त्यही कारण नेको इन्स्योरेन्सले हकप्रद सेयरबाट ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ पुँजी थप्न लागेको हो। कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ।