BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा १ सय र चाँदी ५ रुपैयाँ घट्यो

२०८१ पुष १०

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा १ सय र चाँदी ५ रुपैयाँ घट्यो
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा १ सय र चाँदी ५ रुपैयाँ घट्यो


काठमाडौं। मंगलबार स्थिर रहेको सुनको मूल्यमा बुधबार झिनो गिरावट छ। १ सय रुपैयाँ घट्दै सुन प्रति तोला १ लाख ४९ हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

अघिल्लो दिन सुन प्रति तोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँ बढ्दै प्रति तोला १ हजार ८ सय ५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ। बुधबार सुन घटेर प्रतिऔंस २६१६.४५ डलर छ।

चाँदी प्रतिऔंस २९.६२ डलरले करोबार भइरहेको छ। मंगलबार सुन प्रति औंस २६२०.४२ डलर र चाँदी २९.७७ डलर थियो।