BIZMANDU
www.bizmandu.com

‘आइएमई पे’ आईसीटी अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित

२०८१ पुष १०

‘आइएमई पे’ आईसीटी अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित
‘आइएमई पे’ आईसीटी अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित

काठमाडौं। डिजिटल वालेट ‘आइएमई पे’ आईसीटी अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ। गत शुक्रबार काठमाडौंमा सम्पन्न भएको आइसिटि अवार्ड कार्यक्रममा ‘आइएमई पे’ डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२४ बाट सम्मानित भएको हो।

Tata
GBIME

आइसिटि अवार्डले नेपालको प्रविधि क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मानित गर्दछ।

‘डिजिटल सर्भिसेज आइसिटि अवार्ड २०२४ बाट सम्मानित हुन पाउँदा हामी निकै गौरवान्वित भएको छौँ। यो पुरस्कार आइएमई पेमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको परिश्रम, समर्पण र हाम्रा साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो,’ आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आइएमई पेको स्थानलाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ।