काठमाडौं। नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले क्रिसमसको अवसरमा पुस १० देखि १२ गतेसम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम गर्न लागेको छ।
टाटा ब्राण्डका गाडी लिन खोज्ने ग्राहकलाई लक्षित गरी सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडी टाटाका टियागो इभी र पन्च इभीसँग साट्न सकिने कम्पनीले जनाएको छ।
टाटा मोटर्सको देशभरका शोरुममा ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम हुनेछ।
गाडी साट्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एसेसरिज र बम्पर लक्की ड्र मार्फत आइफोन १६ प्रो प्राप्त गर्न सक्ने कम्पनीले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।