काठमाडौं। सेयर बजार परिसूचक १४.११ अंकले बढेको छ। नेप्से परिसूचक मंगलबार २६२६.३१ विन्दुमा पुगेको छ।
उत्पादनमूलक र व्यापार बाहेकका सबै उपसमूहले बजार बढाएका हुन्। डेभलपमेन्ट बैंक उपमूहको सूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले उकालो लागेको छ।
बजारमा ७० कम्पनीका लगानीकर्ताले गुमाउँदा १६८ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
आत्मनिर्भर, गुराँस र सामुदायिक लघुवित्त तथा सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सपोर्ट लघुवित्तको सेयरमा भने नेगेटिभ सर्किट लागेको छ।
बजारमा ५ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ। सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स छ। यो कम्पनीको २० करोड ७ लाख रुपैयाँको सेयर किनबेच भएको हो।