BIZMANDU
www.bizmandu.com

पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव सुरु, फेवा माथि ‘हट एयर बेलुन’बाट सयर

२०८१ पुष ९

पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव  सुरु, फेवा माथि ‘हट एयर बेलुन’बाट सयर
पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव सुरु, फेवा माथि ‘हट एयर बेलुन’बाट सयर


काठमाडौं। आजदेखि पोखरामा अन्तर्राष्ट्रिय बलुन फेस्टिभल सुरु भएको छ। पोखराको फेवा ताल किनारबाट बलुन उडाएर महोत्सवको शुभारम्भ गरिएको छट।

Tata
GBIME
NLIC

पर्यटन क्षेत्रको ब्राण्डिङ गर्ने उद्देश्यसहित बलुन नेपाल प्रालिले ७ करोड रुपैयाँ खर्चिएर पोखरामा अन्तर्राष्ट्रिय बलुन फेस्टिभल आयोजना गरेको हो।

आजबाट सुरु भएको महोत्सवमा हट एयर बेलुनमार्फत पर्यटकले माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमाल, फेवाताल, पुम्दिकोट महादेव, सराङकोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको दृश्यावलोकन गर्न सक्नेछन्।

बलुन फेस्टिभल नेपालमा पहिलोपटक गर्न लागिएको हो। कम्पनीका प्रबन्ध निर्देशक सविन महर्जनले ३ वर्ष अगाडिको योजना अनुसार पोखरा पर्यटन परिषद्सँग मिलेर अन्तर्राष्ट्रिय बलुन महोत्सव गरिएको बताए।

कम्पनीले पोखरामा ६ वर्षदेखि बलुन उडान संचालन गर्दै आएको छ। महर्जनका अनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म यो सेवा संचालनमा छ।

कम्पनीले ९ एन-एएमडब्लु कलसाइनको बलुनमा पाइलट बाहेक ८ जना र ९ एन- एनभी कलसाइनको बलुनमा पाइलट बाहेक एकपटकमा १२ यात्रुलाई उडान गर्दै आएको छ। बुलन बेलायत र स्पेनका क्याप्‍टेनले उडान गर्ने गरेका छन्।

आज महोत्सवको अवसर पारेर बलुनबाटै वीवाइसी एम६ गाडीको नेपाल लन्च समेत गरिएको थियो।

हट एयर बलुनमा उड्नका लागि नेपालीलाई ११ हजार रुपैयाँ शुल्क लाग्छ। यस्तै, सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुककालाई १५० डलर शुल्क तोकिएको छ ।

सबै फोटो सौजन्य : Balloon Nepal