BIZMANDU
www.bizmandu.com

सुनचाँदी बजार : सुनको कारोबार मूल्य स्थिर, चाँदी तोलामा १० रुपैयाँ बढ्यो

२०८१ पुष ९

सुनचाँदी बजार : सुनको कारोबार मूल्य स्थिर, चाँदी तोलामा १० रुपैयाँ बढ्यो
सुनचाँदी बजार : सुनको कारोबार मूल्य स्थिर, चाँदी तोलामा १० रुपैयाँ बढ्यो


काठमाडौं। दुई दिनदेखि बढिरहेको सुनको मूल्य मंगलबार स्थिर छ। साताको पहिलो दिनका तुलनामा २ सय रुपैयाँ बढ्दा सोमबार सुन प्रति तोला १ लाख ४९ हजार ८ सय रुपैयाँ भएको थियो। आज उक्त मूल्यमा घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

चालु महिनाको प्रारम्भका तुलनामा सुन तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ। पुस १ मा सुन प्रति तोला १ लाख ५१ हजार २ सय रुपैयाँ थियो। कारोबार मूल्य घट्ने क्रममा गत शुक्रबार तोलाको १ लाख ४८ हजार ५ सय रुपैयाँ भएको सुन त्यसयता फेरि बढेको हो।

चाँदीको कारोबार मूल्य अघिल्लो दिनभन्दा १० रुपैयाँ बढेर मंगलबार प्रति तोला १ हजार ८ सय ५ रुपैयाँ भएको छ। यसअघि आइतबारका तुलनामा ५ रुपैयाँ बढ्दा सोमबार प्रति तोला १ हजार ७ सय ९५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। सोमबार प्रति औंस २६२५.११ डलर रहेको सुन मंगलबार २६२०.४२ डलरले कारोबार भइरहेको छ। चाँदी बढेको छ। सोमबार प्रति औंस २९.६३ डलरले कारोबार भएको चाँदी बढेर मंगलबार २९.७७ डलर पुगेको छ।