BIZMANDU
www.bizmandu.com

लेखा समिति सभापति पोखरेललाई योगशले थापे काँध, ‘स्पष्टीकरण दिन आवश्यक नै छैन’

२०८१ पुष ८

लेखा समिति सभापति पोखरेललाई योगशले थापे काँध, ‘स्पष्टीकरण दिन आवश्यक नै छैन’
लेखा समिति सभापति पोखरेललाई योगशले थापे काँध, ‘स्पष्टीकरण दिन आवश्यक नै छैन’

काठमाडौं। सत्तारुढ नेकपा एमालेले लेखा समितिका सभापति ऋषिकेश पोखरेलको बचाउ गरेको छ।

Tata
GBIME
Nepal Life

सहकारी ठगीमा नाम मुछिएको र मन्त्री जोडिएका प्रकरणलाई बेवास्ता गरेको तथा ४ महिनासम्म बैठक नै नराखेको भनेर माओवादी केन्द्रले पोखरेलको राजीनामा मागेकामा एमाले सचिव योगेश भट्टराईले उनको बचाउ गरेका हुन्।

भट्टराईले समितिमा गणपूरक संख्या नै मुस्किलले पुगेको अवस्थामा बैठक नराखेको विषयमा सभापतिले स्पष्टीकरण दिन नै आवश्यक नरहेको बताए।

उनले समितिको बैठकमा सांसदहरुको न्यून उपस्थितिबारे राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने बताए। ‘समितिमा गणपूरक संख्या नै बाल बाल पुगिरहेको छ। यसबारे राजनीतिक नेतृत्वको पनि ध्यानकर्षण हुनुपर्छ। सभापतिले स्पष्टीकरण दिनुपर्छ जस्तो लाग्दैन,’ भट्टराईले भने।

पोखरेलले भदौपछि बल्ल पहिलो पटक बैठक राखेका हुन्। यो अवधि सरकारको छायाँमा परेको भनेर आलोचना खेपिरहेका पोखरेललाई भट्टराईले आफ्नै पार्टीको भएका कारण बैठक राख्न गणपूरक संख्या पुग्ने अवस्था नै थिएन भनेर काँध थापेका हुन्।

उनले सभापति पोखरेलले माओवादीले भनेका भरमा राजीनामा दिन आवश्यक नरहेको बताए।

‘संसद्का पदाधिकारी र समिति सभापति दलहरुको सहमतिमा भागबण्डा गरिएको हो। ६/६ महिनामा बदल्नु पर्छ जस्तो लाग्दैन। समितिको सभापति हटाउने भए बदलिएको परिस्थितिमा नयाँ सहमति गरौं। समिति सभापति मात्र होइन संसद्का पदाधिकारी पनि अदलबदल गरौं,’ उनले भने।

उनले सहकारकी ठगीमा फरार रहेको पत्नीलाई पोखरेलले अदालतमा हाजिर गराउने विश्वास व्यक्त गरे। ‘सभापति जस्तो व्यक्तिले कसैलाई लुकाउने छिपाउन कुरा भएन। उहाँकी श्रीमती अदालतमा जानुहुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने।