BIZMANDU
www.bizmandu.com

सुन आयात तथा बिक्री सम्बन्धी कार्यविधि परिमार्जन गर्दै राष्ट्र बैंक, कार्यदल गठन

२०८१ पुष ८

सुन आयात तथा बिक्री सम्बन्धी कार्यविधि परिमार्जन गर्दै राष्ट्र बैंक, कार्यदल गठन
सुन आयात तथा बिक्री सम्बन्धी कार्यविधि परिमार्जन गर्दै राष्ट्र बैंक, कार्यदल गठन


काठमाडौं। नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरण कार्यविधि परिमार्जन गर्ने भएको छ। कार्यविधि परिमार्जनका लागि सुझाव दिन राष्ट्र बैंकले कार्यदल गठन गरेको छ।

Tata
GBIME

राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सुन बिक्री वितरणको समस्या समाधानका लागि कार्यविधि परिमार्जनको प्रक्रिया अगाडि बढाएको बताए।

‘हामीले सुन बिक्री सम्बन्धी कार्यविधि परिमार्जनका लागि कार्यदल गठन गरेका छौं। त्यसले दिने सुझावका आधारमा कार्यविधिमा सुधार गर्छौं,’ नेपालले भने।

अहिले कार्यान्वयनमा रहेको कार्यविधि २०६८ मा बनाइएको हो। कार्यकारी निर्देशक नेपालले कार्यविधि परिमार्जन नभएसम्मका लागि सुनचाँदी व्यवसायी संघ र महासंघमा आवद्ध नभएका व्यवसायीले पनि बैंकसँग सुन किन्न पाउने निर्णय गरेको जानकारी दिए।

कार्यविधिमा भने बैंकसँग सुन खरिदका लागि संघ वा महासंघको सिफारिस चाहिने व्यवस्था छ। संघ र महासंघबीचको विवादले सुन आयात नै प्रभावित भएपछि राष्ट्र बैंकले संघ/महासंघमा आवद्ध नरहेका व्यवसायीलाई पनि सुन बिक्री गर्न नेपाल बैंकर्स संघलाई पत्राचार गरेको नेपालले जानकारी दिए।