काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नगरकोटमा रहेको जग्गा जफत गर्न माग गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार अदालतमा बुझाएको अभियोगपत्रमा रविको नाममा काभ्रेको नगरकोटमा रहेको एक रोपनी एक आना जग्गा जफत गर्न माग गरेको हो।
उनकी पत्नी निकिता पौडेलको नाममा रहेको काठमाडौं बुढानीलकण्ठको पाँच आना जग्गासमेत जफत गर्न माग गरिएको छ। यो जग्गाको मूल्य ३ करोड ८५ लाख रुपैयाँ राखिएको छ।
रवि र निकिताको नाममा बैंक खातामा रहेको ७ लाख ७४ हजार ७७४ रुपैयाँ पनि जफत गर्न जिल्ला सरकारी वकिल कार्यालयले अदालतसमक्ष माग गरेको छ।
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणमा आइतबार मुद्दा दायर भएको छ।