काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा आएको छ। हाइड्रोपावर र उत्पादन तथा प्रशोधन बाहेकका उपसमूहले बजार घटाएका हुन्।
विकास बैंकको सूचक सर्वाधिक २.०५ प्रतिशतले घटेको छ। फाइनान्सका लगानीकर्ताले १.४९ र ट्रेडिङका लगानीकर्ताले १.३५ प्रतिशतले गुमाएका छन्। १५४ कम्पनीका लगानीकर्ताले गुमाउँदा सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.४० प्रतिशतले घटेको छ।
८४ कम्पनीको सेयर मूल्य बढेको छ। ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच हुँदा रिभर फल्स पावरको सर्वाधिक २२ करोड रुपैयाँको कारोबार भएको छ।
यस्तै, जानकी फाइनान्सको १२ करोड ९९ लाख, पिपुल्स पावरको ९ करोड १२ लाख र नेपाल फाइनान्सको ८ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।