BIZMANDU
www.bizmandu.com

पारामाउन्ट मोटर्सले आयोजना गरेको एक्सचेन्ज मेला आज सकिँदै, एमजीको साइबरस्टर आकर्षण

२०८१ पुष ७

पारामाउन्ट मोटर्सले आयोजना गरेको एक्सचेन्ज मेला आज सकिँदै, एमजीको साइबरस्टर आकर्षण
पारामाउन्ट मोटर्सले आयोजना गरेको एक्सचेन्ज मेला आज सकिँदै, एमजीको साइबरस्टर आकर्षण


काठमाडौं। पारामाउन्ट मोटर्सले आयोजना गरेको एक्सचेन्ज मेला आज सकिँदै छ। एमजी र वुलिङ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले शुक्रबारदेखि गैरीधारामा रहेको सिल्भर वकमा उक्त एक्सचेन्ज मेला आयोजना गरिरहेको छ।

Tata
GBIME
NLIC

उक्त एक्सचेन्ज मेलाको आज अन्तिम दिन भएकाले भिड बढेको छ। कम्पनीका अनुसार हिजो शनिबार पनि लगभग १०० जना ग्राहकहरूले उक्त मेलामा भिजिट गरेका छन्।

मेलामा एमजी, वुलिङ र मेक्सस गाडी राखिएको छ। जसमा एमजीको साइबरस्टर मेलाको आकर्षण बनिरहेको छ।

यो मेलामा पुराना गाडी ल्याएर नयाँ गाडी खरिद गर्न सकिनेछ। जसमा पुराना जुनसुकै गाडी भएपनि एक्सचेन्ज बोनस भने १० लाख रुपैयाँंसम्मको पाइन्छ।

एमजी विन्टर कार्निभल २०२४ मा एक्स्क्लुसिभ अफर, अन द स्पट फाइनान्स, टेस्ट ड्राइभ, मनोरञ्जन तथा किड्स प्ले जोनसमेत रहेको छ।