BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा बढोत्तरी : सुन तोलामा ११ सय र चाँदी २० रुपैयाँले बढ्यो

२०८१ पुष ७

सुनचाँदीको मूल्यमा बढोत्तरी : सुन तोलामा ११ सय र चाँदी २० रुपैयाँले बढ्यो
सुनचाँदीको मूल्यमा बढोत्तरी : सुन तोलामा ११ सय र चाँदी २० रुपैयाँले बढ्यो


काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन तोलामा ११ सय रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँ बढेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ४९ हजार ६ सय रुपैयाँ  निर्धारण भएको छ। शुक्रबार सुन तोलामा ५ सय रुपैयाँ घट्दा प्रति तोला १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार प्रति तोला १ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी २० रुपैयाँले घट्दै प्रति तोला १ हजार ७६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेर प्रति औंस २६२३.१८ डलर भएको छ। चाँदी प्रति औंस २९.४९ डलर छ। शुक्रबार सुनको मूल्य घटेर प्रति औंस २५९७.३९ डलरमा आइपुगेको छ। चाँदी प्रति औंस २९ डलर छ।