BIZMANDU
www.bizmandu.com

बाजुरामा आज बिहान ५.२ म्याग्नेच्युडको भूकम्प, जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु

२०८१ पुष ६

बाजुरामा आज बिहान ५.२ म्याग्नेच्युडको भूकम्प, जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु
बाजुरामा आज बिहान ५.२ म्याग्नेच्युडको भूकम्प, जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु

काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ।

Tata
GBIME
Nepal Life

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए।

भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन। अहिले पनि स्थानीय खुला स्थानमा बसिरहेका छन्।