BIZMANDU
www.bizmandu.com

होन्डा एनएक्स २०० बाइकको टेस्ट राइड, अफरोड र अनरोडको अनुभव

२०८१ पुष ५

होन्डा एनएक्स २०० बाइकको टेस्ट राइड, अफरोड र अनरोडको अनुभव
होन्डा एनएक्स २०० बाइकको टेस्ट राइड, अफरोड र अनरोडको अनुभव


काठमाडौं। होन्डा एनएक्स २०० बाइकको टे‍स्ट राइड सम्पन्न भएको छ। होन्डाको आधिकारिक बिक्रेता पद्म ज्योति ग्रुपको स्याकार ट्रेडिङले शुक्रबार दक्षिणकालीमा टेस्ट राइड गरेको हो। उक्त राइडमा ३० जनाभन्दा बढी सहभागी थिए।

Tata
GBIME
NLIC

अफरोड र अनरोड दुबैको अनुभवका लागि टेस्ट राइड आयोजना गरेको कम्पनीले जनाएको छ। बाइक नेपाली बजारमा पछिल्लो समय बिक्री हुँदै आइरहेको छ। बाइकको मूल्य ४ लाख ९० हजार रुपैयाँ छ।

यसमा १८४.४ सीसी क्षमताको इन्जिन छ। फ्युल ट्यांकमा १२ लिटर पेट्रोल स्टोरेज हुनेछ। यसको म्याक्स पावर १२.७ किलोवाट र १६.१ एनएम टर्क उत्पादन गर्छ। ग्राउन्ड क्लियरेन्स १६७ एमएमको छ। बाइकको प्रतिलिटर माइलेज ४५ किलोमिटर रहेको कम्पनीको दाबी छ।