काठमाडौं। डिजिटल वालेट आइएमई पेले क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ।
आइएमई पेले आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको हो। यो अफर शुक्रबारदेखि पुस १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ।
अफर लागू हुने अवधिमा हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्नेमध्ये १ जना, बस टिकट काट्नेमध्ये ३ जना र केबलकारको टिकट काट्नेमध्ये १० जनाले टिकट मूल्यको १०० प्रतिशत क्यासब्याक पाउनेछन्।
विजेताहरु दैनिकरुपमा लक्की ड्रमार्फत छानिने कम्पनीले जनाएको छ।