BIZMANDU
www.bizmandu.com

आइपीओ स्वीकृतिलाई प्राथमिकतामा राखेका श्रेष्ठले निर्णय गर्न सकेनन्, ५० अर्बको निवेदन पेन्डिङ

२०८१ पुष ४

आइपीओ स्वीकृतिलाई प्राथमिकतामा राखेका श्रेष्ठले निर्णय गर्न सकेनन्, ५० अर्बको निवेदन पेन्डिङ
आइपीओ स्वीकृतिलाई प्राथमिकतामा राखेका श्रेष्ठले निर्णय गर्न सकेनन्, ५० अर्बको निवेदन पेन्डिङ


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नियुक्तिलगत्तै सार्वजनिक निष्कासनको काम धमाधम अघि बढाउने बताएका सन्तोषनारायण श्रेष्ठलाई आइपीओ स्वीकृतिमा सकस परेको छ।

Tata
GBIME
NLIC

सेबोन अध्यक्षको जिम्मेवारी सम्हालेको तीन साता भइसक्दा पनि श्रेष्ठले आइपीओ स्वीकृतिका विषयमा निर्णय गर्न सकेका छैनन्।

सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले आइपीओ निष्कासनका लागि क्रमिक रुपमा स्वीकृति अघि बढाउने तयारी भइरहेको बताए।

‘आइपीओ निष्कासनको अनुमति मागेर पाइपलाइनमा रहेका फाइल क्रमिकरुपमा अघि बढाउन थालिएको छ। सम्बन्धित विभागले स्वीकृतिका लागि बोर्डमा पठाउन थालिसकेका छन्,’ उनले भने, ‘कतिपय कम्पनीको अध्ययनकै चरणमा छ।’

आइपीओ निष्कासनको अनुमतिको माग गर्दै सेबोनमा निवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ। ती कम्पनीले ४९ अर्ब ८१ करोड ८० लाख ४९ हजार रुपैयाँ बराबरको ३४ करोड ५४ लाख ५१ हजार कित्ता आइपीओ जारी गर्न अनुमति मागेका छन्। २०७९ मा परेका निवेदनमा समेत सेबोनले अहिेलेसम्म निर्णय गरेको छैन।

आइपीओ निष्कासनको अनुमति मागेका कम्पनी धेरै भएकाले उनीहरुको वित्तीय विवरण अपडेट गराउन लगाउँदा स्वीकृतिमा ढिलाई भएको सेबोन अधिकारी बताउँछन्।

‘कम्पनीको वित्तीय विवरण अपडेट गराउनुपर्ने भएकाले समय लागेको हो। अहिले कम्पनीको वित्तीय विवरण हेरेर थप विवरण पेस गर्न पठाउने काम भइरहेको छ,’ सेबोनका एक अधिकारीले भने।

वित्तीय विवरण अपडेट गराउने कामलाई कारण देखाइएपनि अध्यक्ष श्रेष्ठले आइपीओ निष्कासनका लागि परेका निवेदनमा निर्णय लिन नसक्नुको मुख्य कारण संसदीय समितिको निर्देशन भएको सेबोनकै अर्का उच्च अधिकारीले बताए।

‘संसदीय समितिले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको आइपीओ स्वीकृत नगर्नु भनेर दिएको निर्देशन यथावत नै छ। त्यही कारण अध्यक्षज्यूले निर्णय लिन नसक्नुभएको हो,’ ती उच्च अधिकारीले भने।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सर्वसाधारण लगानीकर्ताको पैसा जोखिममा पर्ने कारण देखाउँदै २०८० पुसमा ९० भन्दा कम नेटवर्थ भएका कम्पनीहरुलाई आइपीओ निष्कासन गर्न नदिन सेबोनलाई निर्देशन दिएको थियो।

लेखा समितिको यही निर्देशनका कारण यसअघि कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएकाहरुले पनि विवादमा पर्ने जोखिम देखेर आइपीओ स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्।

सेबोनमा आइपीओ निष्कासनका लागि आवेदन दिएकामध्ये दुई दर्जन कम्पनीको नेटवर्थ ९० भन्दा कम छ। ९० भन्दा कम नेटवर्थ भएका अधिकांश हाइड्रोपावर कम्पनी हुन्। उत्पादन क्षेत्रकै केही कम्पनीको पनि नेटवर्थ ९० भन्दा कम छ।

त्यही कारण लेखा समितिको निर्देशन उल्ट्याउन ऊर्जा उत्पादकहरु एक वर्षदेखि लबिइङमा छन्।

आइपीओ निष्कासनका लागि सेबोनमा परेको निवेदनको अवस्था

कम्पनीसेयर संख्यारकम रुपैयाँ
एपेक्स हस्पिटालिटी२४,००,०००२४,००,००,०००
होटेल फरेस्ट इन९८,००,०००९८,००,००,०००
अर्किड होल्डिङस्१,१५,००,०००१,१५,००,००,०००
बन्दीपुर केबलकार३०,६०,०००३०,६०,००,०००
अकमा होटल४५,००,०००२२,५०,००,०००
ठमेल प्लाजा होटेल एण्ड स्विट्स१०,००,०००१०,००,००,०००
सानिमा हाइड्रोपावर१४,७०,०००१४,७०,००,०००
हिमस्टार ऊर्जा कम्पनी११,१९,०००११,१९,००,०००
दरमखोला हाइड्रोपावर३९,५०,०००३९,५०.००,०००
भुजुङ हाइड्रोपावर१४,५५,०००१४,५५,००,०००
सानिभ इनर्जी३७,९०,०००३७,९०,००,०००
रिचेत जलविद्युत कम्पनी११,७६,४५०११,७६,४५,०००
बेनी हाइड्रोपावर२०,८०,०००२०,८०,००,०००
याम्बलिङ हाइड्रोपावर२८,००,०००२८,००,००,०००
माबिलुङ इनर्जी१८,९०,५३०१८,९०,५३,०००
सोलु हाइड्रोपावर२,००,००,०००२,००,००,००,०००
टक्सार पिख्वाखोला हाइड्रोपावर४२,३०,६६८४२,३०,६६,८००
विकास हाइड्रोपावर कम्पनी४४,५४,५९६४४,५४,५९,६००
रिजलाइन इनर्जी५८,०४,२०१५८,०४,२०,१००
लाफिङ बुद्धपावर नेपाल लिमिटेड६५,७७,०००६५,७७,००,०००
कालिन्चोक हाइड्रोपावर७,५०,०००७,५०,००,०००
हिमरिभर पावर१,३३०,०००१३,३०,००,०००
लोअर इर्ख्वा खोला हाइड्रोपावर२८,०५,७५०२८,०५,७५,०००
बुंगल हाइड्रोपावर२९,०५,०००२,९०५,००,०००
कालंगा हाइड्रोपावर४९,००,०००४९,००,००,०००
सानिगाड हाइड्रोपावर८५,५०,०००८५,५०,००,०००
एपेक्स मकालु हाइड्रोपावर२४,००,०००२४,००,००,०००
एपोलो हाइड्रोपावर१४,१०,०००१४,१०,००,०००
गौरीशंकर पावर डेभलपमेन्ट२४,००,०००२४,००,००,०००
शिखर पावर डेभलपमेन्ट२१,६०,०००२१,६०,००,०००
सिउरी ङादी पावर३,०३,६०,७८४३,०३,६०,७८,४००
सुपर खुदी हाइड्रोपावर७५,९५,०००७५,९५,००,०००
माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट२५,८०,०००२५,८०,००,०००
युनिक हाइड्रो२२,००,०००२२,००,००,०००
आशुतोष इनर्जी१२,००,०००१२,००,००,०००
हिल्टन हाइड्रो इनर्जी१३,७५,०००१३,७५,००,०००
स्नो रिभर्स१६,५,०००१६,२५,००,०००
झापा इनर्जी९,५०,४७५९,५०,४७,५००
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिसिटी१३,७९,३५०१३,७९,३५,०००
पुवाखोला हाइड्रोपावर१९,४६,६६०१९,४६,६६,०००
मदामे खोला हाइड्रोपार३२,५०,०००३२,५०,००,०००
निलगिरी खोला हाइड्रोपावर४३,२०,०००४३,२०,००,०००
चम्पावती हाइड्रोपावर१६,००,०००१६,००,००,०००
बरुण इन्भेष्टमेन्ट२४,७५,०००२४,७५,००,०००
सिड इनर्जी लिमिटेड१५,९८,५००१५,९८,५०,०००
शिवम् होल्डिङस्१,१६,००,०००२,४३,६०,००,०००
एकर्ड फार्मास्युटिकल्स लिमिटेड७,०६,९०९७,०६,९०,९००
जगदम्बा स्टिल्स२,००,७०,०००६,०२,१०,००,०००
एसवाई प्यानल लिमिटेड५२,३२,५४८५२,३२,५४,८००
सौर्य सिनेन्ट१,५९,८१,५००४,२२,७२,६६,५६५
मारुती सिमेन्ट१,१६,००,०००४,३७,३२,००,०००
स्मार्ट डोर्स३,०६,०००३,०६,००,०००
ओम मेगाश्री फर्मास्ट्युलिक्स१८,००,०००१८,००,००,०००
पाल्पा सिमेन्ट७५,००,०००७५,००,००,०००
लक्ष्मी टेक्नो प्लास्ट१०,००,०००१०,००,००,०००
श्री डिस्टिलरी९,६०,०००९,६०,००,०००
सोपान फर्मास्टुलिक्स११,००,०००११,००,००,०००
भूगर्भ सिमेन्ट१२,६२,५००१२,६२,५०,०००
रिद्धी सिद्धी सिमेन्ट१,२१,७१,५००२,६०,५९,१८,१५०
सागर डिस्टिलरी७,९२,०००७,९२,००,०००
अम्बे स्टिल्स१,११,९२,७२७३,३९,१३,९६,२८१
स्वस्तिक लघुवित्त८०,०००८०,००,०००
स्टार माइक्रो इन्स्योरेन्स२२,५०,०००२२,५०,००,०००
लिबर्टी माइक्रोलाइफ२२,५०,०००२२,५०,००,०००
क्रेस्ट माइक्रोलाइफ२२,५०,०००२२,५०,००,०००
नेपाल माइक्रोइन्स्योरेन्स२२,५०,०००२२,५०,००,०००
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स२२,५०,०००२२,५०,००,०००
ट्रेड टावर११,५८,९८०११,५८,९८,०००
कान्तिपुर टेलिभिजन नेटवर्क७,५०,०००७,५०,००,०००
डिस मिडिया नेटवर्क१,३५,८४,९५५१,३५,८४,९५,५००
आइएमई लिमिटेड१०,००,०००१०,००,००,०००
हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी११,२५,०००३२,४०,००,०००
अन्नपूर्ण केबलकार३१,००,०००३१,००,००,०००
पियोर इनर्जी१६,००,०००१६,००,००,०००
नेपाल ब्रोडकास्टिङ च्यानल१०,००,०००५,००,००,०००
कैलाश हेलिकोप्टर सर्भिसेज३,५०,०००११,४४,५०,०००
शिवम् होल्डिङ्स१,१६,००,०००२,४३,६०,००,०००
बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिज४५,००,०००४५,००,००,०००
छायाँदेवी कम्प्लेक्स१४,३७,५००५७,५०,००,०००
हिम पर्वत हाइड्रोपावर५९,१५,०००५९,१५,००,०००
सेन्चुरी इनर्जी लिमिटेड३,००,०००८,२५,३३,०००
ह्याबिटेड पावर११,००,०००११,००,००,०००
स्रोत : सेबोन

आइपीओ निष्कासनको अनुमति दिन सेबोन हच्किनुको अर्को कारण प्रिमियम मूल्यको सेयरमा समितिले नै अंकूश लगाउन दिएको निर्देशन पनि हो।

यसबाहेक महालेखा परीक्षकको कार्यालयले पनि यसअघि प्रिमियम मूल्यमा आइपीओ जारी गर्न दिइएकामा कैफियत देखाएको छ।

सेबोनका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले इन्स्योरेन्स र केही रियल सेक्टरका कम्पनीहरुलाई फाइदा हुने गरी वास्तविक नेटवर्थभन्दा धेरै मूल्यांकन गराएर महँगो मूल्यमा प्रिमियमको स्वीकृति दिएको भन्दै महालेखाले प्रश्न उठाएको छ।

कम्पनीहरुले नेटवर्थ धेरै देखाएर निष्कासन गरेको आइपीओमा सरकारलाई राजस्व समेत नतिरेको कार्यालयको निष्कर्ष छ। कम्पनीहरुलाई सेयर निष्कासनमा दिएको स्वीकृतिको विषय अख्तियारसम्मै पुगेको छ।

यसबाहेक बुकबिल्डिङको आइपीओ पनि विवादित छ। रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणको बक्यौता दायित्व हिसाब नै नगरी उच्च नेटवर्थ देखाएर महँगो मूल्यमा सेयर बिक्री गर्न खोजेपछि विवाद भएको थियो।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सेबोनमा कार्यबाहक अध्यक्षका रुपमा पठाएका सहसचिव नरेन्द्र कुमार रानाले गत असारमा रिलायन्सलाई वित्तीय विवरण नै नहेरी आइपीओ निष्कासनको स्वीकृति दिएकामा लेखा समितिले प्रश्न उठाएपछि राना अन्तिम समयमा निर्णय स्थगन गर्न बाध्य भएका थिए।

रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक अहिले आइपीओ खुलाउन माग गर्दै विभिन्न निकाय धाइरहेका छन्। तर, कम्पनीले विद्युत प्राधिकरणको ७५ करोडभन्दा बढी दायित्व अझै तिरेको छैन। उसले दायित्व बेहोर्ने स्रोत पनि वित्तीय विवरणमा राखेको छैन।

केही उद्योगी लबिइङमा लागे पनि संसदीय समितिको निर्णय नफेरिएको अवस्थामा अध्यक्ष श्रेष्ठले पाइपलाइनमा रहेका कम्पनीको फाइल अगाडि बढाउन सक्ने देख्दैनन् सेबोनकै अधिकारी।

‘नेटवर्थमा तोकिएको सीमा र प्रिमियमको आइपीओबारे संसदीय समितिबाटै किनारा नलागेसम्म स्वीकृति प्रक्रिया तत्काल अघि बढ्न सक्ने अवस्था छैन,’ ती अधिकारीले भने, ‘यो विषय अहिले नै सल्टिन्छ जस्तो लाग्दैन।’

श्रेष्ठले हकप्रद सेयर बिक्रीको अनुमति भने भटाभट दिइरहेका छन्।