BIZMANDU
www.bizmandu.com

चीनबाट पाँच महिनामा भित्रिए ४ हजार ३३९ सवारीसाधन, कुन नाकाबाट कति?

२०८१ पुष ४

चीनबाट पाँच महिनामा भित्रिए ४ हजार ३३९ सवारीसाधन, कुन नाकाबाट कति?
चीनबाट पाँच महिनामा भित्रिए ४ हजार ३३९ सवारीसाधन, कुन नाकाबाट कति?


काठमाडौं। चालु आर्थिक वर्ष ५ महिनामा चीनबाट १० अर्ब २९ करोड रुपैयाँ बराबरका ४ हजार ३३९ युनिट सवारीसाधान आयात गरिएको छ।

Tata
GBIME
NLIC

५ महिनामा रसुवा नाका हुँदै ६ अर्ब ८७ करोड रुपैयाँ बराबरका २ हजार ८९९ युनिट सवारीसाधन आयात भएको भन्सार कार्यालयले जनाएको छ। ती सवारीसाधन आयातबाट ४ अर्ब २१ करोड रुपैयाँ राजस्व उठेको छ।

रसुवा नाकाबाट २ हजार ४३५ युनिट चार पाङ्ग्रे विद्युतीय सवारीसाधान आयात भएका छन्। यस्तै इन्धन सवारी २५८ युनिट र २०६ वटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधान आयात भएका छ्न्।

तातोपानी भन्सार नाका हुँदै ३ अर्ब ९२ करोड रुपैयाँ बराबरका १ हजार ४४० युनिट विद्युतीय सवारी साधान आयात गरिएको हो। यसबाट २ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

तातोपानी नाका हुँदै मंसिरमा मात्रै ९० करोड रुपैयाँ बराबरका ३८७ युनिट विद्युतीय सवारीसाधान आयात भएका छन्। यसबाट सरकारले ४८ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।