BIZMANDU
www.bizmandu.com

मोबिलिटी ग्लोबल एक्स्पोबारे नाडाका पदाधिकारीसँग भारतीय दूतावासले गर्‍यो छलफल

२०८१ पुष ४

मोबिलिटी ग्लोबल एक्स्पोबारे नाडाका पदाधिकारीसँग भारतीय दूतावासले गर्‍यो छलफल
मोबिलिटी ग्लोबल एक्स्पोबारे नाडाका पदाधिकारीसँग भारतीय दूतावासले गर्‍यो छलफल


काठमाडौं। माघ पहिलो साता नयाँ दिल्लीमा हुने मोबिलिटी ग्लोबल एक्स्पोबारे नेपालस्थित भारतीय दूतावासले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँग छलफल गरेको छ।

Tata
GBIME
NLIC

दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरले नाडाका कार्यसमिति सदस्यहरुलाई बोलाएर एक्स्पोबारे छलफल गरेका हुन्।

छलफलमा इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल अफ इण्डियाका पल्लवी साह र सोसाइटी अफ इण्डियन अटोमोबाइल मेनुफेक्चर्स (सियाम)का देवासिस मजुमदर पनि सहभागी थिए।

छलफलमा अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रको प्रवर्धनका लागि भारतको सहयोग अपरिहार्य रहेको बताएको नाडाले जनाएको छ।