BIZMANDU
www.bizmandu.com

बालाजी इम्पोर्टका संचालकसहित चारजना हुन्डी आरोपमा पक्राउ, साढे २६ लाख रकम बरामद्

२०८१ पुष ४

बालाजी इम्पोर्टका संचालकसहित चारजना हुन्डी आरोपमा पक्राउ, साढे २६ लाख रकम बरामद्
बालाजी इम्पोर्टका संचालकसहित चारजना हुन्डी आरोपमा पक्राउ, साढे २६ लाख रकम बरामद्

काठमाडौं । हुन्डी गरेको अभियोगमा प्रहरीले चारजनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

Tata
GBIME

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत गौशालाको टोलीले बत्तिसपुतली स्थित भेषराज पाण्डेले संचालन गरेको श्री बालाजी इम्पोर्ट प्रालिबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुको साथबाट २६ लाख ५० हजार रुपैयाँ बरामद् भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बालाजी इम्पोर्टका संचालक गल्मी घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारत घर भएका बस्नत कुमार राठी, काठमाडौं कमलपोखरी बस्ने प्रनिश थापा र सुरेश अधिकारी रहेका छन्।

प्रहरीले मंगलबार मात्र सिनामंगलबाट ६८ लाख रुपैयाँ सहित चार जनालाई पक्राउ गरेको थियो।