BIZMANDU
www.bizmandu.com

४ महिनामा अवैध रुपमा ल्याइएका सामानबाट उठ्ने राजस्व घट्यो, ट्राफिक कारबाही पनि कम

२०८१ पुष ४

४ महिनामा अवैध रुपमा ल्याइएका सामानबाट उठ्ने राजस्व घट्यो, ट्राफिक कारबाही पनि कम
४ महिनामा अवैध रुपमा ल्याइएका सामानबाट उठ्ने राजस्व घट्यो, ट्राफिक कारबाही पनि कम


काठमाडौं। अवैध रुपमा भित्र्याइएका सामानहरू बरामद गरेर प्रहरीले संकलन गर्ने राजस्व गएको ४ महिनामा केही घटेको छ।

Tata
GBIME
NLIC

चालु आर्थिक वर्षको साउनदेखिको ४ महिनामा प्रहरीले १ अर्ब ७६ करोड ९७ लाख ११ हजार ५७१ रुपैयाँ संकलन गरेको छ। जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्रहरीले १ अर्ब ९८ करोड ३९ लाख ५२ हजार ६६७ रुपैयाँ संकलन गरेको थियो।

पछिल्ला ५ वर्षमा यस्ता बरामद सामानबाट राजस्व योजना बढ्दै गएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा भने राजस्व संकलन ह्वात्तै बढेर ८ अर्ब ७० लाख ७७ हजार पुगेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलामा १५३ प्रतिशतले वृद्धि भएको थियो।

आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब १७ करोड ७६ लाख ४२ हजार ३५४ रुपैयाँ संकलन भएको देखिन्छ। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३९ करोड ९५ लाख ५६ हजार ९५१ रुपैयाँ संकलन भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा भने ३ अर्ब ४४ करोड ७४ लाख २८ हजार ८१७ रुपैयाँ संकलन भएको देखिन्छ।

यसरी प्रहरीले संकलन गर्ने राजस्व कमी हुनमा प्रहरीको सक्रियता कम र तस्करले अवैध सामान भित्र्याउनु देखिन्छ। किनकी पछिल्लो समय सरकारले संकलन गर्ने राजस्व पनि चुहावट भएका कारण कमी भएको विभिन्न निकायहरूको दाबी छ।

चालु आर्थिक वर्षको सवारी कारबाहीबाट संकलन हुने राजस्व समेत घटेको देखिन्छ। औसत प्रत्येक महिना यस्ता कारबाहीबाट १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन हुँदै आएको छ।

चालु आर्थिक वर्षको ४ महिनामा ४१ करोड ९५ लाख ७८ हजार ३६५ रुपैयाँ संकलन भएको थियो। जसमा देशभर ५ लाख ४६ हजार १७७ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ लाख ८० हजार ९८० चालकलाई कारबाही गर्दा ५१ करोड ३१ लाख १ हजार ९५ रुपैयाँ संकलन भएको थियो।