BIZMANDU
www.bizmandu.com

सेयर बजार सूचक ५.६० अंकले घट्यो, कारोबार ४ अर्ब २७ करोड रुपैयाँमा सीमित

२०८१ पुष ३

सेयर बजार सूचक ५.६० अंकले घट्यो, कारोबार ४ अर्ब २७ करोड रुपैयाँमा सीमित
सेयर बजार सूचक ५.६० अंकले घट्यो, कारोबार ४ अर्ब २७ करोड रुपैयाँमा सीमित


काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। मंगलबार झिनो अंकले बढेको नेप्से बुधबार ५.६० अंकले ओरालो लागेर २६२८.२६ विन्दुमा आएको छ। नेप्से सोमबार ५१.३७ अंकले घटेको थियो।

Tata
GBIME
NLIC

कारोबारमा आएका फाइनान्स, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। फाइनान्सको सूचक १.०७ अंकले बढ्दा होटल तथा पर्यटनको सूचक ०.४२ प्रतिशतले ओरालो लागेको छ।

बजारमा १४९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९० प्रतिशतले घटेको छ।

८१ कम्पनीको सेयर मूल्य बढेको छ। उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्सले बुधबार गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिन नसक्ने निर्णय सार्वजनिक गरेकामा कम्पनीको सेयर मूल्य ४.५३ प्रतिशतले बढेको छ।

४ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार हुँदा जानकी फाइनान्सको सर्वाधिक १५ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, रिभर फल्स पावरको १२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ६० लाख र नेपाल फाइनान्सको १० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।